मेयर हर्क साङपाङले प्रश्न गर्ने युवकलाई प्रहरिमा थुनाए

Facebook
Twitter
WhatsApp

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक युवकलाई आफूमाथि प्रश्न गरेकै कारण  प्रहरिमा थुन्न लगाएका छन।

 उनीमाथि प्रश्न गरेको भन्दै धरान-१५ का अशोक लिम्बूलाई  हिजो शुक्रबार नियन्त्रणमा  लिएर प्रहरी हिरासतमा पुर्‍याएका छन्। 

मेयर साम्पाङले धरानमा हरेक शुक्रबार लागु औषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आएका छन्। यसपटक पनि शुक्रबार अपराह्न उनी आफ्नो टोलीसहित हातेमाइक बोकेर धरान १५ पुगेका थिए ।त्यहाँ पुगेर मेयर हर्कले बोल्दै गर्दा ती युवकले उनलाई प्रश्न गरेका थिए।

 ती युवाले मेयरलाई धरानमा मान्छे डेंगीले बिरामी भएको तर तपाईं चाहिँ फोटो खिचाउँदै हिँड्ने? भन्दै प्रश्न गरेका थिए। जवाफमा मेयर साम्पाङ ‘तिमी विरोध गर्न आएको?’ भन्दै  पक्रन आदेश दिएका थिए , जुन भिडियो सामाजिक संजालमा समेत छ ।

मेयरको निर्देशनपछि नगर प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय पुर्‍याएका थिए। प्रहरीका अनुसार ती युवक अहिले पनि प्रहरी थुनामै छन ।

प्रहरीले भने मेयरको मौखिक उजुरीका भरमा थुनामा राखेको बताएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top