बजारमा आईफोन १५ को भर्सनहरु आउदै

Facebook
Twitter
WhatsApp

आईफोन १५ तौल र साईज करिब आईफोन १४ जस्तै हुने भएको छ । यद्यपि आईफोन १५ प्रो र प्रो म्याक्स आईफोन १४ को तुलनामा बाक्लो तर तौल कम हुनेछ ।

आफ्नो उत्पादन आईफोनको नयाँ फिचरहरुमा हरेक वर्ष सानो परिवर्तन ल्याउने गरेको छ । नयाँ आईफोनमा पुराना मोडेलका एक्सेसरिजहरू भने काम नलाग्न सक्छन् । आईफोन १५ को तुलनामा प्रो मोडेलका ग्राहकले बढी विचार पु¥याउनु पर्ने जस्तो देखिन्छ ।

म्याकरुमरले बाहिर ल्याएको तथ्याङ्क अनुसार आईफोन १५ आईफोन १४ सरह ७.८ एमएम बाक्लो पाउन सक्नेछन् । यद्यपि यो ७१.५ एमएम को ठाउँमा केही बढी ७१.६ एमएम चौडा हुनेछ र लम्बाइ पनि १४७.६ एमएमबाट बढेर १४६.७ एमएम पुग्नेछ । यद्यपि आईफोन १५ आईफोन १४ को तुलनामा हुलका अर्थात १७१ ग्राम तौलमा आउनेछ ।

आईफोन १५ प्लसका लागि भने डेटा उपलब्ध भइसकेको छैन । आईफोन १५ पहिलेको मोडेलसँग धेरै हदसम्म समान हुनेछ, जसले गर्दा धेरैजसो केसमा मिल्ने भएकाले अपग्रेड हुन चाहने ग्राहकले नयाँ खरिद गरिरहनु पर्ने छैन । तर प्रो मोडेलका लागि भने त्यस्तै सहजता नहुन सक्छ । आईफोन १५ प्रो आईफोन १४ प्रोको तुलनामा केही छोटो अर्थात् १४६.६ एमएमको ठाउँमा १४७.५ एमएम हुनेछ भने ७१.५ एमएमको ठाउँमा ७०.६ एमएम साँघुरो हुनेछ ।

त्यस्तै बाक्लोपन भने ७.८५ एमएमबाट बढेर ८.२५ एमएम हुनेछ । त्यस्तै २०६ ग्राम तौल रहेको आईफोन १४ प्रोको तुलनामा १.८८ ग्राम हुलका हुनेछ । आईफोन १५ प्रो म्याक्सको अवस्था पनि त्यस्तै हुने बताइएको छ । बाक्लोपनमा प्रो मोडेल सरहकै वृद्धि र बडी १६०.७ एमएमको ठाउँमा १५९ एमएमको आउनेछ । त्यस्तै फ्रेम ७७.६ एमएमबाट घटेर ७६.७ एमएममा खुम्चिनेछ । त्यस्तै प्रो म्याक्सको तौल २४० ग्रामबाट घटेर २२१ ग्राममा आउनेछ । रिपोर्ट अनुसार ग्रेड ५ को टाइटानियम प्रयोग गरिने भएकाले प्रो मोडेलको तौलमा उल्लेखनीय रूपमा प्रभाव पर्नेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top