नुवाकोट ।तारकेस्वर गाँउपालिकाको वार्ड नं २ र ३ को लागि निर्माणाधिन बहुप्रतिक्षित जोरघट्ट खाने पानी आयोजनाको आज एक कार्यक्रमका बिच पालिका अध्यक्ष शिब अधिकारि अबिरलले उदघाटन गरेका छन ।


उपभोक्ता समितिका पदाधिकारि र स्थानियको उपस्थितिमा तारकेस्वर वार्ड नं ३ मा बनाएको मुख्य संकलन ट्याङ्किमा पानी हाल्दै अधिकारिले सो योजनाको उदघाटन गरेका हुन ।
केहि महिना अघि बागमति प्रदेस, पालिकाको थप बजेट र स्थानियको श्रमदान सहित आयोजना सुरु गरिएको थियो ।प्रत्यक्ष रुपमा ६५० घरधुरि लाभान्वित हुने यस आयोजनाबाट अब छिट्टै नै घर –घरमा धारा जडान कार्य सम्पन्न गरिने अधिकारिले जानकारि दिए ।
खास गरि तारकेस्वरको २ र ३ नं वडामा धेरै बर्ष अघि देखि नै खाने पानीको हाहाकार भैरहेकोले यस भन्दा अघि सरकारबाट बजेट परेपनि पानीको मुलका स्थानियको अबरोधका कारण आयोजना अगाढि बढ्न सकेको थिएन । यस पटक भने अध्यक्ष अधिकारिको जबर्जस्त पहलमा आयोजना अघि बढेको हो ।
त्यसो त यो भन्दा अगाडिका वार्ड नं २ का वडा अध्यक्ष समर बहादुर आलेमगरले पनि यस योजनाको लागि ठुलो मिहेनतका साथ पहल गरेका थिए तर राजनिति खिचातानिकै कारण अघि बढि नसकि बजेट फ्रीज भएर बसेको थियो ।
जनसंख्याको बृद्दि र प्राकृतिक स्रोतहरु सुक्दै जादा साविक तारुकामा खानेपानीको बिकराल समस्या थियो ।
यो आयोजनाबाट केहि मात्रामा समस्या हल हुने भएपछि यतिखेर स्थानियहरु खुसि छन भने शिब अधिकारि धन्यबादका पात्र बनेका छन।
पछिल्लो समय आफुले गरेको काममा बिबाद उत्पन्न भैरहेको सन्दर्भमा अध्यक्ष अधिकारिले आफुले पाएको अधिकार भित्रै रहेर जनप्रीय काम गर्न राजनितिक पुर्वाग्रहि सोचले असर नगर्ने बताए ।