नुवाकोट । खेलकुदको स्तर उन्नति गर्ने उदेश्यले तारकेश्वर गाउँपालिका वडा नम्बर १ स्थित जव्वरेचौरमा रंगशाला निर्माण हुने भएको छ ।
आज तारकेस्वर गाँउपालिकाका अध्यक्ष शिव अधिकारीले उक्त रंगशालाको शिलान्यास गर्नुभएको हो । अध्यक्ष अधिकारिले राष्ट्रीय खेलाडि उत्पादन गर्न गाँउ स्तरबाटै खेलकुद प्रबर्दन गर्नु पर्नेमा जोड दिनु भयो।
उक्त कार्यक्रममा उहाँले आगामी माघभित्र प्रारम्भिक काम सक्ने गरि कामलाई तीब्र पार्न संबन्धित पक्षलाई निर्देशन दिनुभयो ।पालिका स्तरको खेलकुद विकासका लागि निर्माण गर्न लागिएको रंगशालाको लागि पालिकाबाट अध्यक्ष अधिकारिले २० लाख बजेट बिनियोजन समेत गर्नु भएको छ ।