नेपालीहरुको महान चाड दशैं मान्न भारतबाट घर फर्किने नेपालीको सहजताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतीय सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना गरेको छ ।
दशैंमा घर फर्किने नेपालीलाई सहज होस् भनेर कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकामा आइतवारदेखि हेल्प डेस्क स्थापना गरिएको रास्वपा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले जानकारी दिए ।
‘भारतबाट आउने नेपालीलाई समस्या नपरोस भनेर समन्वय गर्नका लागि हेल्प डेस्क स्थापना गरेका छौं । कुनै पनि अप्ठ्यारो आयो भने त्यसको तुरुन्तै समाधान गर्ने वाताबरण मिलाएको उहाले जानकारी दिनुभयो। यसरि स्वदेश फर्किनेहरूलाई पानीको बोत्तल समेत नि शुल्क उपलब्ध गराइएको छ ।’
हेल्प डेस्कमा स्वदेश फर्केकाहरूसँग भारतमा कहा ,के काम गर्छन त्यसको जानकारी लिइ तथ्यान्ग्क समेत संकलन गरिने जानकारी दिनुभयो ।