काठमाडौं। नुवाकोट जिल्लाको तराकेस्वर गाउपालिक अन्तर्गतको वडा न २ मा हरेक बर्ष माधे सक्रान्तीमा आयोजना हुने प्रसिद्ध गोरु जुुधाउने मेलामाथि निर्मित वृत्तचित्र गोरु पर्व दक्षिण कोरियामा हुन लागेको अपोरिया अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिवलमा छानिएको छ ।
दक्षिण कोरियाको बुसानमा नोभेम्बर २ देखि ६ सम्म चल्ने महोत्सवमा पुरु लम्सालको लेखन तथा निर्देशन रहेको वृत्तचित्र नेपालबाट छनौट भएको निर्माण पक्षले जानकारी गराएको छ । हरेक वर्ष माघे संग्क्रान्तिका दिन त्यस ठाउमा दर्जनौ हाल गोरुहरु जुधाएर मनोरंजन लिने गरिन्छ।
जय पृथ्वी बहादुर सिंहको पाला देखि नै त्यस ठाउमा गुरु जुधाएर मनोरंजन लिने गरिदै आएको छ। उक्त मेलाको अवलोकन गर्न छिमेकी जिल्लाहरुको वासिन्दा देखि विदेशी पाहुनाहरुको समेत बाक्लो जमघट हुने गरेको छ। पछिल्लो समय संचार माध्यमहरुको पनि बाक्लो उपस्थिति हुने हुदा भिडियो ,वृत्त चित्र बनाउनेहरुको प्रतिस्पर्धा नै हुने गरेको छ।