तारकेस्वर/ तारकेस्वर गाउँपालिकाले अध्यक्षसंग जेष्ठ नागरिक कार्यक्रम सबै वडामा हिजो एकै साथ् सम्पन्न गरेको छ । वृद्ध भत्ता वितरणको अवसर पारेर उक्त कार्यक्रम पनि एकै चोटी सम्पन्न गरेको हो।
सामाजिक सुरक्षा भत्ता वितरणको अवसर पारेर पालिकाले हरेक चोटी यो कार्यक्रम संचालन गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकले पाउदै आएको सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै उनीहरुको नि :शूल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गरदै आइरहेको छ ।
तारकेस्वरमा अध्यक्षको यो कार्यक्रमलाई स्थानीयले धेरै नै रुचाएको पाइन्छ। समय र पैसाको अभाबले स्वास्थ्य केन्द्रसम्म पहुच नपुगेका नागरिकलाई यो कार्यक्रम अत्यन्त आवश्यक हुदै गैरहेको स्थानीयले बताए।
स्वास्थ्य नै ठूलो धन हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै पालिका अधयक्ष शिव अधिकारीले आफूले कार्यभार सम्हाले देखि नै यो कार्यक्रमलाई निरन्तरता दिदै आउनुभएको छ। जेष्ठ नागरिकको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै यो कार्यक्रमलाई आागमी दिनहरुमा थप प्रभावकारी बनाउँदै लैजाने उहाँको योजना छ ।
साथै सो अवसरमा पालिकाको विकासका लागि जेष्ठ नागरिकको सल्लाह सुझाव समेत लिने गरिएकाले विकास निर्माणमा सबैको अपनत्व समेत रहने अध्यक्षले बताए ।यो कार्यक्रम संचालन गरेदेखि तारकेस्वरका धेरै नागरिकले स्वास्थ्य लाभ लिरहेको पाइन्छ। यो कार्यक्रमलाई बृद्द -बृद्दाहरुले अत्यन्त मन पराएको स्थानीय बताउछन।