तिहार नजिकिदै गर्दा कौडा खेल्ने समातिए

Facebook
Twitter
WhatsApp

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-५ लेलेमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

नविन सिलवालको घरमा जुवा खेलिरहेका सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेन्द्र महत समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले ७ लाख ९९ हजार रुपैयाँ रुपैयाँ फेला पारेको छ।

यस्तै, खालबाट १६ थान कौडा, ९ बुक तास र १० थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top