एजेन्सी / इजरायली सेनाले शुक्रवारबाट स्थलगत आक्रमण थालेको छ। हिजोदेखि गाजापट्टीको सेनाको प्रयोग गरेर आक्रमण गरेको हो ।
इजरायली रक्षा बलद्वारा जारी विज्ञप्ती अनुसार सेनाहरू मध्य गाजापट्टीमा प्रवेश गर्दा लडाकु विमान र अन्य हतियारहरू थिए।
इजरायली सेनाले उत्तरी गाजापट्टीको बेइट हानौन शहर र गाजा पट्टीको मध्य पूर्वमा रहेको बुरेइज शिविरको अलगाव बार नजिकैको खुला क्षेत्रमा प्रवेश गरेको हो।
इजरायली नेता र वरिष्ठ सैन्य अधिकारकाअनुसार इजरायलले गाजापट्टीमा ठूलो भूमिगत आक्रमणको तयारी गरिरहेको छ।