नुवाकोट। राष्ट्रीय स्वतन्त्र पार्टि- नुवाकोटले केन्द्रिय सभापति रबि लामिछानेको उपस्थिति सहित आगामि शनिबार कार्तिक २५ गते खुल्ला आम सभा गर्ने भएको छ ।
यस सभामा भेला हुने नागरिकहरुका लागि भैपरि आउने स्वास्थ्य समस्यालाई मध्य नजर गर्दै स्वास्थ्य शिविरको समेत व्यबस्था गरिने भएको छ , उक्त शिविरको सम्पुर्ण ब्यबस्थापन भने तारकेस्वर पालिकाले गर्ने भएको छ ।
स्वास्थ्य शिविरमा प्राथमिक उपचारका सबै सुबिधा , इमर्जेन्सि सेवा लगायत एम्बुलेन्सको समेत ब्यबस्था हुने रास्वपा पालिका संयोजक ईश्वर अर्यालले जानकारि दिनुभयो । पालिकाले गर्ने शिविरमा डाक्टर, नर्स र औषधोपचारमा भने शुलभ मेडिकलले गर्ने संचालक सुदिप घिमिरेले बताए ।
बिदुर-४ , बट्टारको हावाघरमा हुने सभामा केन्द्रिय सभापति रबि लामिछाने लगायत अन्य केन्द्रीय नेताहरुको समेत उपस्थिति रहने पार्टिले जनाएको छ ।यस्का साथै सभामा पार्टिका स्थानिय कमिटिका , जिल्लाका र प्रदेशका सबै नेताहरुको उपस्थि रहने जनाइएको छ ।
गएको प्रतिनिधि सभा चुनाब देखि नै पार्टि सभापति रबि लामिछानेको नुवाकोट उपस्थितिमा जिल्लावासिहरुको अत्याधिक माग रहदै आएको थियो , सभापतिकै ब्यस्तताले नै ब्यबस्था मिलेको थिएन , यो पटक भने सफल भयौं जिल्ला सभापति रामेस्वर गजुरेलले भने -सभापतिको जिल्लाबासिलाई गर्ने सम्बोधनले नुवाकोट घण्टिमय बनाउन अब ठुलो टेवा पुग्नेछ ।
कार्यक्रम बिहान १०:३० बजेबाट सुरु हुने छ । कार्यक्रममा उपस्थित हुन पार्टिले सबै तहका नागरिकहरुलाई निमन्त्रणा समेत गरिसकेको छ ।
यसका साथै नुवाकोटका कयौ युवाहरु,समाजसेवी र सामाजिक अभियन्ताहरु रबि लामिछानेको हातबाट पार्टी प्रवेश गर्ने समेत बुझिएको छ।