नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका-६ मा टाटा सुमो भीरबाट खसेको छ। उक्त दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।
आइतबार काठमाडौंबाट नुवाकोटको छहरे हुँदै देप्चेश्वरका लागि छुटेको ना १ ज ६३३१ नम्बरको सुमो बिहान साढे ९ बजेतिर गुर्जेमा अनियन्त्रित भई सडकबाट झण्डै ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटको सञ्चार शाखाले जनाएको छ ।
सुमोमा चालकसहित १२ जना सवारमध्ये जना घाइते भएको छ । उनीहरुको काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत छन् । घाइतेहरुको पहिचान भने खुलेको छैन ।