एनआरएनए जापानले नुवाकोटका विध्यर्थिहरुलाई दिए छात्रवृत्ति

Facebook
Twitter
WhatsApp

नुवाकोट । जापानस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) कान्साईले नुवाकोटका विध्यार्थिलाई छात्रवृत्तिको रकम हस्तान्तरण गरेको छ। पञ्चकन्या गाउँपालिका ३ मा रहेको जनकल्याण सामुदायिक पाठशालाका ४ जना र पञ्चकन्या माद्यमिक विद्यालयका १ जना विद्यार्थीलाई उपलब्ध गरेको दुई वर्षे छात्रवृत्तिबापतको अन्तिम किस्ताको रकम हस्तान्तरण गरिएको हो ।

गत शुक्रबार आयोजित एक समारोहमा प्रमुख अतिथि पञ्चकन्या ३ का वडाध्यक्ष रामबाबु पराजुली, एनआरएनए जापानका नवनिर्वाचित सचिव अर्जुन थापा, पञ्चकन्या माविका प्रधानाध्यापक रामबहादुर विष्ट, जनकल्याणका सञ्चालक प्रमुख टीकाराम तामाङ, प्रधानाध्यापक डीबी क्षेत्रीलगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो ।

एनआरएनए कान्साईका निवर्तमान संयोजक तथा एनआरएनए जापानका सदस्य दिलीप शर्मा नेतृत्वको कार्यसमितिले ती दुई विद्यालयका ५ जना विद्यार्थीलाई दुई वर्षका लागि जनही १० हजार रुपैयाँ रकम उपलब्ध गराएको थियो ।

कार्यक्रममा एनआरएनए जापानका नवनिर्वाचित सचिव अर्जुन थापालाई विद्यालय परिवारले सम्मानसमेत गरेको थियो ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top