काठमाडौं– मेडिकल ब्यबसायी तथा हालको व्यबस्था परिवर्तनका अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले उनकै घरमा नजरबन्दमा राखेको छ। प्रहरीले घर घेरेर बाहिर निस्कन नदिने रणनीति बनाएको छ। प्रसाईंको भक्तपुर थिमीस्थित निवासमा नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोली खटिएको छ।

प्रसाईंको घरलाई वरपरबाट घेरेर उनलाई त्यहाँबाट निस्कन नदिने प्रहरीको तयारी छ। प्रहरीले आज बिहान प्रसाईंका केही समर्थकलाई पक्राउसमेत गरेको बताइएको छ।
हिजो पहिलो दिन उल्लेख्य संख्यामा प्रदर्शनकारी सडकमा आएपछि प्रसाईंले साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए।