रास्वपाले जाजरकोट र रुकुमका भुकम्प पीडितहरूलाई पूर्ण रुपमा काठबाट निर्मित ३७ वटा घर सहित ३५० ओटा अस्थायी घर बनाई दिएको छ।
तर मिडियाहरुमा रास्वपाले बनाएको घरको भने कतै चर्चा नै छैन। अन्य पार्टीका दलका कार्यकर्ताले भने सामाजिक संजाल नै तताउने गरि घर बनाएको पोस्ट गरेको देखिन्छ, तर रास्वपाले भने विपतको काममा गरेको सेवालाई स्टनबाजी नगरी सहयोग गरेको छ। रास्वपाले यसरि बनाएको अस्थायी घरको जिपियस लोकेसन र घरधनिको नाम पनि राखेको छ।
काठको यस्तो घर सगै रास्वपाले हाल सम्म ३५० अस्थायी घर बनाइदिसकेको छ,त्यस्तै नेकपा एमालेले ३२१ ,नेपालि काङ्ग्रेसले २०१ ,समाजवादीले ४३ र माओबादि केन्द्रले ८० घर बनाइदिएको जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुमले जनाएको छ।


