बेलकोटगढी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बेलकोटगढी नगरपालिका-६ मा श्यामबहादुर थिङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । गत मङ्गलबार झिल्टुङ नेपाल समाजमा भएको तेस्रो वडा सम्मेलनले नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दयानिधि नेपाल, कर्णबहादुर तामाङ, उर्गेन तामाङ, सचिवमा प्रदिप नेपाल, सह-सचिवमा दिपेन्द्र नेपाल र कोषाध्यक्षमा रमिला तामाङ रहनुभएको छ । यतिखेर माओवादीको ४ महिने जनतासँग माओवादी रूपान्तरण अभियान अन्तरगत टोलटोलमा कार्यक्रम भइरहेका छन् ।