हाम्रो नेपाल, राम्रो नेपाल, म नेपाली हु, म आफैलाई गर्वका साथ भन्छु- जय जन्म भूमि”

Facebook
Twitter
WhatsApp
सुदिप घिमिरेमेडिकल व्यवसायी                               (उहाँ रास्वपाको बागमती प्रदेश बिधान मन्थन विभागका सदस्य समेत हुनुहुन्छ)

गाउँमा आज १८ वर्ष भन्दा माथिका कुनै पनि युवाहरु छैनन। १४ वर्ष पुरा हुने बित्तिकै दलालहरूको बिगबिगी हुन थाल्छ र खाडी मुलुकबाट आएको फ्री: भिषामा लाखौं रकम असुलेर प्रलोभनमा पार्छन् । कलकलाउँदा युवालाई खाडीको ५५ डिग्रीको तापमा पिल्सिन बाध्य बनाउँछन । सस्तो भाउमा श्रम बेचेर लिलाम भएको खुसी किनिरहेका छन् हाम्रा युवायुवतीहरू।सरकारका मन्त्रिहरु बिदेश भ्रमणमा हुँदा देशको एउटा जुजारु युवा श्रम गर्ने सिलसिलामा आफ्नो जिबन गुमाईरहेको देख्दा मन्त्रि ज्यूका आँखाहरु किन नरसाएका होलान, यसको कारण अनि सत्य तथ्य पत्ता लगाई समाधानको खोजि गर्नु सरकारको कर्तब्य हुन्छ । बिदेश पलायन हुने युवाहरुले एक पटक आफ्नो जन्मभूमि नेपाललाइ फर्केर हेर्दा कस्तो होला?

हो, हामि सबै युवाहरुलाई थाहा छ कि हामीहरु बिदेश पसेर गलत गरेका छौ ,भला आफ्नो व्याक्तिगत फाइदा अवश्य उठाईरहेका पनि छौ तर यसले भविष्यमा हामि र हाम्रो सन्ततिहरु प्रति कस्तो असर पार्ने छ ,यो कुरा सबै युवाहरुलाई थाह नहुन सक्छ र अहिलेको समयमा यो बाध्यता पनि ह। कारण बेरोजगार युवाहरुको मनोबल प्रति ह्रास बढेको छ । गर्ने जति सबैको बिचार हुदैन बिचार हुनेहरुलाई सहयोग हुदैन सरकारमा बस्नेहरु दिनरात घुसखोरी र भ्रष्ट्रचारी कसरि गर्ने यहि कुरामा एकाग्र भएका छन। युवाहरुको मन मस्तिष्कमा विदेशको नसा घोलिदिएका छन । तर बिदेशीहरुले गरेका आर्थिक बिकासका अनि भौतिक पूर्वाधारप्रति चासो दिदैनौ। हामीले हामीभित्र भएका कमीकमजोरी लाइ सहि मार्गमा ल्याउन नितान्तै आवश्यक देखिन्छ।

हामीहरुले आत्मा देखिने देशप्रति काम गर्ने अठोट गर्यौ भने गर्न सक्छौ भन्ने मार्गहरु चारै तर्फ खुल्ला । श्रोत र साधन दुबैले भरिपूर्ण हाम्रो देशमा युवा शत्तिलाई सहि रुपमा परिचालन गर्ने निति मात्र सरकारले बनाउने हो भने नयाँ नेपालको शुरुवात हुने निश्चित देखिन्छ । तर देशका दरिला खम्बा मानिने हामा नेपाली युवाहरु पनि समयको बैगसंगै बिदेशी भुमीतर्फ भागदौडमा तछाड -मछाड गर्दै भागिरहेका छन् । विभिन्न देशहरुमा कडा परिश्रम गर्दै बस्न सक्ने युवाहरु हामि आफ्नै देशमा आफैले खाएको थाल धुन हिच्किच्याउछौं ।

त्यसैले अबको समय भनेको विदेश पसेर पैसा कमाउनु होइन, स्वदेशमा नै बसेर देशको आर्थिक बिकास र उन्नतिको लागि विश्वमा छरिएर बसेका सबै बर्गका युवायुवतीहरुले हातमा हात र काँधमा काँध मिलाई देशको बिकासमा एक जुट हुनु पर्ने अबस्था आएको छ । हामीले नै नगरे कसले गर्छ त? अब देश बिकास अब हामि त्यो शिखर चुम्नु पर्छ। भोलिका दिनहरुमा हाम्रा सन्ततिहरुले गर्वको साथ भन्न सकुन कि हामि नेपाली हौ, नेपाल हाम्रो राष्ट्र हो ।

अब कतै ढिला नगरी आ-आफ्नो क्षेत्रमा देशको लागि काम गरि परिचय बनाएका सम्पूर्ण अग्रगामी युवाहरु भ्रष्ट्रचार अनि आन्तरिक तथा बाह्य हस्तक्षेप बिरुद्द धावा बोल्नु पर्ने छ, किनकि देशमा हामीले भ्रष्ट्रचार रोक्न सक्यौ भने १४ लाख नेपालीहरुले नेपालमा नै रोजगार पाउने ब्यबस्था मिलाउन सकिन्छ । कहिले सम्म हामि विजामा ठप्पा लगाउदै अरुको देशमा अमुल्य रगत पसिना बगाउने।

हामि पनि अन्य देशका मान्छेहरुलाई हाम्रो देशको विजामा ठप्पा लगाएर काम गराउने वातावरणको सृजना गर्न सक्नुपर्छ ।
गरे कसो नहोला जय जन्मभुमि “।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top