नुवाकोट तारकेस्वर गाउपालिका वडा नं २ निवासी केशब अधिकारीले आफन्त गुमाएका अभिभाबक बिहिन विध्यार्थिहरुलाई सहयोग गरेका छन्।
तारकेस्वर वडा नं ६ भमरामा रहेको श्री भमरा आधारभूत विद्यालयमा अध्ययनरत २ जना आफन्त बिहिन बेबारिसे अवस्थाका विध्यार्थिलाई एक वर्ष सम्मलाइ पुग्ने बिद्यालय पोशाक ,कापी ,किताब,कलम लगायतका सामाग्री सहयोग गरेका हुन्।
लामो समय क्यानडाको बसाइ पछि नेपाल फर्केर विशुद्द समाज सेवाको भाबना बोकेर उनि हालै मात्र राजनीतिमा समेत प्रवेश गरेका छन्। केहि समय अगाडी रास्वपाले आयोजना गरेको नुवाकोटको खुल्ला सभामा पार्टी सभापति रबि लामिछानेले नै उहालाई पार्टी प्रवेश गराएका हुन्।
नेपालको बिकास अब नयाँ सोच बोकेको बैकल्पिक राजनीति शक्तिले मात्र सम्भब देखेका अधिकारिले स्मार्ट तारकेस्वर बनाउने अभियानमा लागिसकेको बताउदै भने -“मेरो राजनीति अरुको भन्दा फरक हुनेछ, म लिन होइन पाएको पनि समाजलाई नै दिन राजनीति गर्छु। तर यसो भन्दैमा समाज सेवा गर्न राजनीति भित्रै हुनुपर्छ भन्ने छैन बाहिर बसेर नि दिन दुखीको सेवा गर्न सकिछ। ”