काठमाडौँ : बिभिन्न स्थानमा गरिएको सवारी चेकजाचामा पर्यटक बोक्ने सवारी साधनका चालकले समेत लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको भेटिएको छ ।
काठमाडौँको नागढुङ्गामा गरिएको जाँच अभियानका क्रममा पर्यटक बोक्ने माईक्रो चालक ललितपुर महानगरपालिका १४ का ३२ वर्षीय वासुदेव खड्का, ट्रक चालक पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका ८ का २८ वर्षीय अमृत उप्रेती, अर्का ट्रक चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ का २७ वर्षीय पंकज चौलागाईँ र पिक अप भ्यान चालक सिन्धुपाल्चोक घर भएका २५ वर्षीय सफल श्रेष्ठलाई लागु पदार्थ सेवन गरेको प्रमाणमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलीले जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका ३ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट र श्रेष्ठलाई प्रहरी वृत्त कालिमाटी पठाइएको छ।