PTE बुक गर्दै हुनुहुन्छ कतै ठगिनु होला नि

Facebook
Twitter
WhatsApp

अनलाइन मार्फत ठगीका घटना बढिरहदा कन्सल्टेन्सी क्षेत्रमा पनि यस्ता घटना देखिन थालेका छन्। सामाजिक संजाल ईन्सट्राग्राम मार्फत मनास्लु एजुकेसनल सर्भिसको नामबाट पिटीई (PTE) बुक गराउन रकम असुली गरेर फरार भएको व्यक्तिलाइ साइबर ब्युरोले गत फागुन २२ गते पक्रीए पछि उक्त घटना बाहिर आएको हो।

पिडित व्यक्तिको उजुरीका आधारमा ब्युरोले पक्रन सफल भएको हो।

उनीहरुले पिटीई बुक गरिदिने भन्दै वालेट मार्फत पैसा जम्मा गर्न लगाउने र पछि सम्पर्क बिहिन हुने गरेको पाइएको छ। पक्राउ पर्नेको साथबाट बिभिन्न मोडेलका ८ थान मोबाइल सेट ,२३ थान सिम कार्ड र २ थान ल्यापटप बरामत गरिएको छ।

पक्राउ पर्नेमा बाके कोहलपुरका २३ वर्षीय तिरुपति पाण्डे ,बाग्लुङ्गका २० वर्षीय सुबास कडेल ,बाके कोहलापुरकै २० वर्षीय दोमन केसी रहेका छन्। उनीहरुलाई बिदुतीय माध्यम सम्बद्द ठगि कसुरमा मुद्दा चलाएको ब्युरोले जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top