सहकारी प्रकरणमा रबिको कुनै संलग्नता छैन -एमाले अध्यक्ष ओली

Facebook
Twitter
WhatsApp

गृहमंत्री रबि लामिछाने सहकारी प्रकरणमा निर्दाेश रहेको एमाले अध्यक्ष केपी ओलीले बताएका छन् ।

मंगलबार धनगढीमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसले रविकाे पार्टी आफूसँग नमिलेकाेमा आक्राेश पाेखिरहेकाे बताए ।

ओलीले रवि निर्दोष भएका कारण गृहमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताएका छन् । रवि सहकारी डुबाउने कुरामा लागेका छन्? पैसा उठाउने सञ्चालन हुन्? केही पनि छैन भने कसरी छानबिन प्रभावित हुन्छ?’ ओलीले भने,’ ‘नेपाली कांग्रेसतिर रवि लामिछाने र उनको पार्टी लागेन भनेर रविलाई बदनाम गर्न खोजेको मात्र हुन् ।’

ओलीले अहिले कांग्रेस सत्ताबाट बाहिर निस्किएपछि छटपटीएर बर्बराइरहेकोले त्यसलाई धेरै महत्त्व दिनु नहुने बताए ।
ओलीले भने,’उजुरी दर्ता जसको नाममा पनि हुन सक्छ । उजुरी दर्ता कै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री खाली हुन्छ । संसद् खालि हुन्छ सबै खालि हुन्छ । उजुरी त एउटा लगेर हाल्दिए भइहाल्यो नि ।

ओलीले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको टिप्पणी गर्दै प्रचण्ड नै पूरै कार्यकाल प्रधानमन्त्री रहन सक्ने आशय व्यक्त गरेका हुन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top