राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रबि लामिछाने आज इलाम प्रस्थान गरेका छन्। उनि सगै खेलकुद मंत्री बिराज भक्त श्रेष्ठ लगायतको टोलि आज इलाम प्रस्थान गरेकाछन।
लामिछाने रास्वपाको भोलि चैत्र १७ गते शनिबार हुने औपचारिक उमेदवार घोषणा कार्यक्रमलाई सम्बोधन गर्न आज इलाम गएको पार्टीले जनाएको छ।
कार्यक्रममा सभापति लामिछाने सगै उपसभापति डा. स्वर्णिम वाग्ले, सह महामन्त्री कविन्द्र बुर्लाकोटी, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सहप्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य तोसिमा कार्की लगायतका नेताहरूले सम्बोधन गर्ने जनाइएको छ।
रास्वपाले हिजो मात्रै आफ्नो पार्टीको उमेदवारका रुपमा स्थानीय युवा मिलन लिम्बुलाई खडा गरेको छ।
उनि माओवादी निकट पत्रकारहरुको संजाल प्रेस सेन्टर नेपालका केन्द्रिय सचिब समेत हुन्।
तर उनले उक्त सस्था उमेदवार भए सगै परित्याग गरिसकेका छन्।
स्थानीयका भनाइ अनुसार उनि बलिया उमेद्वार हुन्। उनको प्रतिद्वन्दिको रुपमा नेकपा एमालेका तर्फबाट स्वर्गीय नेता सुबाश नेम्माङ्गका छोरा सुहाङ्ग नेम्माङ्ग आएका छन् भने नेपालि कांग्रेस र माओबादि केन्द्रले भने उमेद्वार चयन गर्न नै बाकि रहेको छ।