सुन आयोगको कारबाही सिफारिसमा पुनर्विचार गर्न भन्दै गृहमन्त्रीसमक्ष उजुरी

Facebook
Twitter
WhatsApp

२० चैत, काठमाडौं । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमाथि पुनर्विचार गर्न भन्दै एक जना डीएसपीले गृह मन्त्रालयमा निवेदन दिएका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत् डीएसपी रुगम कुँवरले प्रतिवेदनले आफूलाई कारबाही सिफारिस गरेको विषयमा पुनर्विचार र छानबिन गर्न माग गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निवेदन दिएका हुन् ।

आइतबार मन्त्रालयमा पुगेर डीएसपी कुँवरले आयोगले आफूलाई कारबाही गर्न सिफारिस गरेकोप्रति आपत्ति जनाउँदै सिफारिसमाथि पुनर्विचर गर्न माग गरेको प्रहरी स्रोतले बतायो । स्रोतका अनुसार, कुँवरको प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर र गृहसचिव एकनारायण अर्याललाई समेत निवेदनको बोधार्थ बुझाएका छन् ।

मन्त्रालयका एक अधिकृतका अनुसार, निवेदनमा कुँवरले आफू सुनको अनुसन्धानमा समेत नभएको बताउँदै आफूलाई आयोगले अनावश्यक रुपमा मुछेको दाबी गरेका छन् । एकैतिर घर भएकाले अभियुक्त जीवन चलाउनेसँग पहिलेदेखि नै सम्पर्क भएपनि सुन अनुसन्धानका विषयमा आफू सम्बन्धित नै नभएको उनले बताएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top