रास्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट म्यागङ गाउँपालिकाको संयोजनमा सडकको स्तरोन्नतिको लागि हिजो अर्थ मन्त्रालयमा अर्थ मन्त्रि समक्ष ज्ञापन पत्र बुझाइ बजेट माग गरेको छ। रास्वपा लगायत सबै दल नेपालि कांग्रेस ,नेकपा एमाले ,माओबादि केन्द्रको संयुक्त टोलिले उक्त ज्ञापन पत्र बुझाएका हुन्।
जिल्ला सदरमुकाम विदुर नगरपालिकाको कोलनी प्लाष्टर ,भैरमकोट हुदै म्यागङ गाउँपालिकाको देउराली ,किम्ताङ, थम्बुखोला हुदै धादिङ जोड्ने करिब २५ किलोमिटर सडकको मर्मत सम्भार गरि पिच गर्न ध्यानाकर्षण गराएको हो। जसको लागि ज्ञापन पत्रमा करिब १ अर्ब ५० करोड बजेट रकम माग गरिएको छ।
ज्ञापन पत्र रास्वपाको तर्फबाट म्यागङ पालिका संयोजक मंगल तामाङ्ग र सदस्य सुरेन्द्र तामाङ्ग,नेकपा माओवादीको तर्फबाट सुक सागर तामाङ , नेकपा एमालेको तर्फबाट लाल सिंङ तामाङ र नेपाली कंग्रेसको तर्फबाट सेलजोम तामाङको नेतृत्वमा बुझाइएको थियो