संसदीय समितिको घोषणा आज ,७ सदस्यीय समिति बन्दै

Facebook
Twitter
WhatsApp

काठमाडौं । सहकारीको बचत हिनामिनाबारे छानबिन गर्न सात सदस्यीय संसदीय समिति बनाउन प्रतिपक्षसग सहमति भएको छ । उक्त समिति आज अपराह्न बस्ने प्रतिनिधिसभाको बैठकमा घोषणा गरिने बताइएको छ ।

उक्त समितिको कार्यावधि तीन महिनाको हुने एक सांसदले जानकारी दिए ।

प्रमुख सत्तासाझेदार दल नेकपा (एमाले)का तर्फबाट समितिमा दुई सदस्य रहनेछन् । यस्तै, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट एक/एक सदस्य रहनेछन् ।

त्यस्तै कांग्रेसबाट दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट समितिमा एक सदस्य रहने ती नेताले बताए ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top