सर्बत्र दबाब पछि सन्दिप लामिछानेलाई आज दुतावासले अन्तर्वार्तामा बोलायो

Facebook
Twitter
WhatsApp

क्रिकेटर सन्दीप लामिछानेलाई आज अन्तर्वार्ताको अमेरिकी दूतावासले बोलाएको छ । भिसा के गर्ने भन्ने सम्बन्धमा दूतावासले सन्दीपलाई आज अन्तर्वार्ताको लागि बोलाएको हो ।

उनलाई अमेरिकी भिसा दिने वा नदिने सम्बन्धमा अन्तर्वार्ता लिन दूतावासले बिहीबार अपराह्नको समयमा बोलाएको हो । “हाम्रो अनुरोधपछि अमेरिकी दूतावासले क्रिकेटर सन्दीपलाई पुनः अन्तर्वार्ताको लागि आज (बिहीबार) अपराह्न बोलाएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका जानको लागि उनले भिसाको लागि दूतावासमा आवेदन दिएका थिए । तर, भिसा ‘रिजेक्ट’ भएपछि दूतावासमाथि सबै तिरबाट दबाब परेको थियो।

आईसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दै छन् । विश्वकप आउँदो जुन २ देखि २९ सम्म हुँदै छ । विश्वकप खेल्नको लागि नेपाली राष्ट्रिय टिम अहिले अमेरिकामा छ । तर, सन्दीपलाई भने काठमाडौंस्थित अमेरिकी दूतावासले यही जेठ ९ गते अमेरिकी भिसा दिन अस्वीकार गरेको थियो ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top