नुवाकोट। नुवाकोट तार्केस्वरका युवाहरुको समुहले भोलि असार १ गते भेला गर्ने भएका छन्। भेला भोलि बिहान ८ बजे काठमाण्डू बालाजु माछापोखरीमा रहेको आरति पार्टी प्यालेसमा हुने भएको हो।
यस भेलालाई साझा भेलाको रुपमा “तारकेस्वर युवा जागरण अभियान” नाम दिईएको छ। विकास र समृद्दिको लागि युवा वर्गको भूमिकामा अन्तरक्रिया समेत हुने उक्त भेलाका संयोजक मेडिकल ब्यबसायी तथा युवा सामाजिक अगुवा तारकेस्वर निवासी सुदिप घिमिरे रहेका छन्।
भेलाको मुख्य उदेश्य तार्केस्वरको बिकासमा अब युवा जाग्नु आवश्यक रहेकोले सबै क्षेत्रका युवाहरुलाई समेटेर एकीकृत तारकेस्वर बिकास अभियान सुरु गर्न लागिएको संयोजक घिमिरेले बताए। भेलाको उदेश्यलाई पार्टीगत रुपमा नहेर्न आग्रह गर्दै घिमिरेले भने -“तारकेस्वरको बिकासमा अब पार्टीबादबाट अलग रहेर सबै पार्टीमा आस्था राख्ने हामि युवाहरु एक ठाउमा साझा अभियान बनाएर उभिनुको बिकल्प छैन मेरो प्रायस त्यत्ति हो “।
भेलामा तारकेस्वरबाट प्रतिनिधित्व गर्ने सबै दलका अगुवा नेता तथा कार्यकर्ताहरुलाई समेत बोलाइएको घिमिरेले बताए।
कार्यक्रमको अर्को आकर्शकमा युवा अभियन्ता तथा नेपाल युवा परिसदका अध्यक्ष सरोज बानिया र मनोपरामर्श विद रमेश पराजुलीको उत्प्रेरणा मुलक भनाइहरु समेत सुन्न पाइने आयोजकले जनाएको छ।