एक महिनामै किलोमा १३८ रुपैयाँले घट्यो आँपको मूल्य

Facebook
Twitter
WhatsApp

१३ असार, काठमाडौं । आँपको मूल्य एक महिनामै किलोमा १३८ रुपैयाँले घटेको छ ।

वाणिज्य विभागको जेठ २०८१ को मूल्य विश्लेषण प्रतिवेदन अनुसार आँपको मूल्य किलोमा २३३.३३ रुपैयाँबाट ९५ रुपैयाँमा झरेको छ ।

आँपको सिजन सुरु नहुँदै बजारमा आउने उत्पादनले चर्को मूल्य लिने गरेको पाइएको छ ।

प्रतिवेदन अनुसार आँप (मालदह) को ६ जेठको मूल्य प्रतिकिलो २३३.३३ रुपैयाँ रहेको रेकर्ड छ । यो कालिमाटी फलफूल तथा तकारी बजार व्यवस्थापन समितिले पठाएको मूल्यका आधारमा विभागले विश्लेषण गरेको हो ।

१३ जेठ मा मालदह आँपको मूल्य प्रतिकिलो २१० रुपैयाँमा झरेको थियो । २० जेठमा मालदह आँपको मूल्य ११० रुपैयाँमा झरेको छ । २७ जेठमा आइपुग्दा मालदहको मूल्य ९५ रुपैयाँमा झरेको विभागको विश्लेषणमा देखिएको छ ।

एक महिनामा आँपको औसत मूल्य प्रतिकिलो १६२.०८ रुपैयाँ रहेको छ ।

दसहरी आँपको मूल्य ६ जेठका दिन प्रतिकिलो १७० रुपैयाँ थियो । १३ जेठमा १७० नै कायम रहेको दसहरी आँपको मूल्य २० जेठमा ११० मा झरेको थियो । २७ जेठमा आइपुग्दा ९५ रुपैयाँमा झरेको प्रतिवेदनमा छ ।

कलकत्ते आँप ६ जेठमा १७० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको थियो । १३ जेठमा सोही मूल्य कायम थियो । २० जेठमा ११० रुपैयाँमा झरेको कलकत्ते आँपको मूल्य २७ जेठमा आउँदा ९५ रुपैयाँमा झरेको प्रतिवेदनमा छ ।

जेठ महिनामा मूल्यमा तीव्र परिवर्तन हुने वस्तुमा मालदह र दसहरी आँप अगाडि छन् । यी दुई वस्तुको मूल्यमा क्रमशः ५९.२९ र ५४.७६ प्रतिशतको परिवर्तन रहेको छ ।

जेठ महिनामा उच्च मूल्य परिवर्तन भएका वस्तुमा भने गोलभेँडा सानो (लोकल) सबैभन्दा अगाडि छ ।

६ जेठमा ५५ रुपैयाँ प्रतिकिलो रहेको गोलभेँडाको मूल्य २७ जेठमा ३७.३३ रुपैयाँमा झरेको थियो । यो ६७.८७ प्रतिशतको परिवर्तन हो ।

हरियो धनिया ६ जेठमा ३२६ रुपैयाँमा कारोबार भएको थियो । जुन २७ जेठमा पुग्दा २१६ रुपैयाँमा झरेको थियो । यो ६६.३३ प्रतिशतको उतारचढाव हो ।

स्थिर मूल्य भएका तरकारी र फलफुलमा आलु रातो प्रतिकिलो ४७, तने बोडी ९५ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, मटरकोसा १७० र पाकेको फर्सी ४० रुपैयाँ रहेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top