नुवाकोट । आज प्रकाशित भएको एसइइको नतिजामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्नेमा नुवाकोटकी सिम्रिका रिजाल पनि परेकी छिन। विदुर नगरपालिका-२ बट्टारको सुभेनियर बोर्डिङकी सिम्रिका रिजालले सर्वोत्कृष्ट अंक ४ जिपिए प्राप्त गरेकी हुन्।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले देशभरबाट माध्यामिक शिक्षा परीक्षामा सहभागी मध्ये नुवाकोटकी सिम्रिका रिजालले पनि पुणाङ्ग्क अर्थार्त ४ जिपिए प्राप्त गरेको पुष्टि गरेको हो । लेडर ग्रेडिङमा हुने परीक्षामा अहिले सम्मको इतिहास हेर्दा नुवाकोट जिल्लाबाट ४ जिपिए प्राप्त गर्ने सिम्रिका पहिलो विद्यार्थी बनेको विद्यालयले जनाएको छ । नतिजापछि सिम्रिकाले “ए-लेवल” पढ्ने तयारी गरेको पिता राजेन्द्र रिजालले बताए ।
एसइइको बिहीबार सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये १८६ जनाले मात्र ४ जिपिए प्राप्त गरेका छन ।