राष्ट्रीय स्वतन्त्र पार्टीले पार्टी महामन्त्री मुकुल ढकालले प्रतिवेदनका नाममा पार्टी र पदको मर्यादा बिपरित अभिव्यक्ति दिदै हिडेको भन्दै कारबाही गरेपछि सभासद डा तोसिमा कार्कीले बाहिर हल्ला गरे जस्तो पार्टी भित्र गुट उपगुट नभएको बताएकी छिन।
ढकाललाई हिजो अबेरसम्म बसेको केन्द्रिय समितिको बैठकले महामन्त्री पदबाट केहि दिनको लागि बर्खास्त गरेको हो।
बैठक सके लगत्तै तोशिमाले सामाजिक संजालमा यसरि आफ्नो धारणा राखेकी थिइन् –
“धेरैलाई भ्रम थियो यो पार्टीभित्र गुट सुरु भयो कि फुट सुरु भयो कि तर हिजो बिहान ८ बजेदेखि राती १२ बजेसम्म लगातार १६ घण्टा बसेको पूर्ण बैठकले प्रष्ट भयो पार्टी त एक ढिक्का रहेछ। पार्टीलाई जोगाउन, पार्टीलाई उठाउन एक एक केन्द्रीय सदस्यले खुलेरै विधी पद्धति र सुधारका अवधारणाहरू राख्नुभयो। जहाँ एकता त्यहाँ विजय। हामीले निर्मम समिक्षा पश्चात एक ढिक्का भएरै हिजो महामन्त्री व्यक्ति र पदको केहि निर्मम निर्णय गरेका छौँ। देशभर विदेशबाट पनि चिन्ता र चासो व्यक्त गर्नुभएका सारा नेपालीलाई भन्न चाहन्छु, नआत्तिनुस् पार्टी भित्र को एकता चट्टान सरी बलियो छ। म चाहिँ ढुक्क छु, देश बनाउँछ त राष्ट्रीय स्वतन्त्र पार्टीलेनै बनाउँछ” ।