निर्वाचन प्रक्रिया स्थगित गरेर एकीकृत समाजवादीमा सर्वसहमतिको प्रयास

Facebook
Twitter
WhatsApp

२० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्व सर्वसहमतिबाट टुंग्याउने प्रयास चलिरहेको छ ।

सर्वसहमतिबाट नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । आज बिहान १० बजेबाटै निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यतालिका तय गरिएको थियो ।

तर नेतृत्वमा सर्वसहमतिको प्रयास गर्ने भनेर अहिलेसम्म निर्वाचन प्रक्रिया अगाडि बढाइएको छैन । नेताहरू लगातार छलफलमा जुटिरहेका छन् ।

‘अहिलेसम्म नटुंगिए पनि हामी सर्वसहमतिबाट नेतृत्व चयन गर्छौ, त्यसैका लागि छलफल चलिरहेको छ,’ प्रकाश ज्वालाले भने । उनले मतदानसम्म नपुर्‍याउने प्रयास भइरहेको पनि बताए ।

प्रतिवेदनहरू पारित भएपछि सुरु भएको छलफल हिजो राति १ बजेसम्म चलेको थियो । फेरि आज बिहानबाट सुरु भएको छलफल अहिले पनि चलिरहेको छ ।

सहमति जुट्न भने सकेको छैन । पार्टी अध्यक्ष पदमा माधव नेपाल र घनश्याम भूसालले दाबी गरेका छन् ।

दुवैले अडान नछोड्दा सर्वसहमति हुन सकेको छैन । तर बन्दसत्रमा अधिकांश प्रतिनिधिले सर्वसहमति गर्न दबाब दिएपछि नेताहरू सर्वसहमति जुटाउन छलफलमा छन् ।

एकीकृत समाजवादीमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top