नुवाकोट / लिखु गाउपालिका वार्ड नं २ मा एक पुरुषको खेतमा पानि लगाउने क्रममा कुलोमा डुबेर मृत्यु भएको छ।
मृत्यु हुनेमा सुर्यगढ़ी गाउपालिका ५ कालिमाटी निवासी ५० वर्षीय गोबिन्द कुँवर रहेका छन्। मृतक कुँवर छारे रोगको बिरामी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।
सोहि रोगकै कारण बेहोस भै कुलोमा ढलेका कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।