बिधान संसोधन गर्दै रास्वपा

Facebook
Twitter
WhatsApp

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको विधान परिमार्जन गर्न ११ सदस्यीय संशोधन सुझाव कार्यदल गठन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले सो निर्णय गरेको हो

।बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले परिमार्जन, संशोधन र सुझावका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजक रहनेगरी कार्यदल गठन गरिएको जानकारी दिए । कार्यदलमा सोविता गौतम, गणेश कार्की, डा. तोसिमा कार्की, क्रान्तिशिखा धिताल, डा. नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम र शंकर श्रेष्ठ छन् ।

कार्यदलको बैठक आज नै बसेर उपसंयोजक र सचिव छनोट गर्ने उनले जानकारी दिए । उनका अनुसार कार्यदललाई सुझाव प्रतिवेदन दिन ९० दिनको समय दिइएको छ ।

बैठकले अभियान विभागको नेतृत्व गरिरहेका पार्टीका सहमहामन्त्री विपीन आचार्यको नेतृत्वमा कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको बताए । कर्णाली विशेष अभियान भदौ दोस्रो हप्तादेखि सुरुआत गर्ने उल्लेख गरे ।

पार्टीका विचार मन्थन गर्न, क्षमता अभिवृद्धिमा काम गर्न, रणनीतिमा अझै धेरै छलफल आवश्यक ठानेर पार्टीको क्लोज क्याम्प गर्ने र त्यसको नेतृत्व पार्टी सभापति रवि लामिछानेले गर्ने बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top