आयो मौद्रिक नीति ,खराब कर्जा अब सजिलै असल कर्जामा वर्गीकरण हुने

Facebook
Twitter
WhatsApp

काठमाडौँ। खराब कर्जा उठे पनि तत्कालै असल कर्जामा वर्गीकरण गर्न ६ महिना कुर्नुपर्ने व्यवस्था हटेको छ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसअघि निष्क्रिय कर्जामा वर्गीकरण भएको कर्जा चुक्ता भए पनि ६ महिनासम्म असर वर्गमा समावेश गर्न नपाइने व्यवस्था थियो । यो व्यवस्थालाई परिवर्तन गर्दै त्यस्तो कर्जालाई सूक्ष्म निगरानी कर्जाको रूपमा व्याख्या गर्न पाउने व्यवस्था गरेको हो ।

यसरी वर्गीकरण गर्दा ऋणको ५ प्रतिशत मात्रै प्रोभिजनिङ गर्नुपर्छ । त्यसभन्दा माथि कमसल कर्जाका लागि २५ प्रतिशत, शङ्कास्पद कर्जाका लागि ५० प्रतिशत र खराब कर्जाका लागि शतप्रतिशत प्रोभिजनिङ गरिराख्नुपर्ने व्यवस्था थियो ।

अब यसरी निष्क्रिय वर्गमा पुगेका ग्राहकले ऋण तिरेमा आगामी ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा पर्नेछन् । सो अवधिसम्म किस्ता नियमित भएमा असल वर्गमा पुग्नेछन् ।

मौद्रिक नीतिमा भनिएको छ, ‘निष्क्रिय वर्गमा वर्गीकरण भएको कर्जा नियमित भइसकेको अवस्थामा ६ महिनापछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्थालाई परिमार्जन गरी ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्था मिलाइने छ।’

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top