निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधान उक्त पदमा नियुक्तिका लागि आफ्नो उम्मेदवारी झिकेका छन् ।
नाम अनुमोदन नहुने लगभग निश्चित भएपछि उनले नाम फिर्ता लिने निर्णय गरेका हुन्।
यौन शोषणको आरोप लागेका उनको नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय गर्न सोमबार संसदीय सुनुवाइ समितिको बैठक बस्ने भनिएको थियो। बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै साँझ ५ बजेका लागि सारिएको थियो। तर त्यसअघि नै प्रधानले समितिका सभापतिलाई सम्बोधन गर्दै आफ्नो उम्मेदवारी कायम नरहेको पत्र पठाएका हुन्।
‘संवैधानिक परिषदको सर्वसम्मत सिफारिसको विरुद्धमा यसबीचमा सम्मानित काठमाडौं जिल्ला अदालतमा उजुरीकर्ताले आफ्नो दाबी पुष्टि गर्न सक्तिनँ, मैले निज उपर कुनै दुर्व्यवहार गरेको छैन भनी स्वीकार गर्दै मिलापत्र गरेको तथ्यलाई अनदेखा गरी न्यायिक समाधानको सम्मान गर्नुभन्दा बाहिर मेरा उपर निजी पारिवारिक एवं सामाजिक जीवनमा समेत अतिरञ्जित दुष्प्रचार गरी की समूह सकृयता पूर्वक लागेर चालीसौं वर्षको मेरो गैरसकारी संस्थाको योगदानको अवमूल्यन गरेकोबाट म दुखित भएको छु।’ उनले निवेदनमा लेखेका छन्।
