राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पार्टीका नेताहरूका लागि दुई दिने बन्द कार्यशाला आयोजना गरेको छ ।
बन्द कार्यशाला आजबाट पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरू भएको हो । कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र न्द्रीय विभागका गरी ५० जना सहभागी छन् ।
कार्यशालामा विचार, संगठन, मूल्य–मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे गहन छलफल हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
कार्यशाला भोलि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ ।