रास्वपाका नेताहरू निजी गाडी थन्काएर पाँच दिन सार्वजनिक यातायात चढ्ने

Facebook
Twitter
WhatsApp

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद र केन्द्रीय सदस्यहरूले पाँच दिनसम्म निजी गाडी नचढ्ने भएका छन् ।

शनिबारबाट नै रास्वपाका नेताहरूले निजी गाडी छोडेर सार्वजनिक गाडी प्रयोग गरेका हुन् । आइतबार तनहुँमा भएको कार्यक्रममा उपसभापति डा. स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल, गणेश पराजुली सार्वजनिक यातायात नै प्रयो गरेर पुगेका छन् ।

शनिबार पार्टीको बन्द कार्यशाला सकेर सम्पूर्ण नेता तथा सांसदहरू सार्वजनिक यातायातमै घर फर्किएका थिए । यस्तै आज पार्टी उपसभापति डोलप्रसाद अर्याल पनि सार्वजनिक यातायात चढेर त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भइरहेको खेल हेर्न पुगेका छन् ।

रास्वपाले सार्वजनिक यातायातको अवस्था बुझ्न र सर्वसाधारणले भोगिरहेका समस्या नजिकबाट नियाल्न आफूहरूले सार्वजनिक यातायात पाँच दिनसम्म चढ्ने अभियान चलाएको हो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top