बाढी, पहिरोमा परेर एकसय ५४ को मृत्यु

Facebook
Twitter
WhatsApp

काठमाडौं । यसवर्षको मनसुनजन्य विपद्बाट हालसम्म एक सय ५४ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरोलगायत विपद्बाट काठमाडौँ उपत्यकामा तीन, कोसीमा २५, मधेशमा छ, बागमतीमा ३०, गण्डकीमा ४३, लुम्बिनीमा २९, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

विपद्मा परी ४७ जना बेपत्ता तथा एक सय ८६ जना घाइते भएका छन् । बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन् । दुई सय ६१ घर, ९५ गोठ, ४३ पुल, दुई÷दुई वटा विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

गत जेठ २८ यता विपद्का घटनाबाट चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top