काठमाडौं । विपद्का घटनामा परी मंगलबार देशका विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ।
योसँगै अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म १ सय ६५ जनाको मृत्यु भएको छ।
विपद्मा परी आजसम्म १ सय ९८ जना घाइते भएका छन् भने १ सय ५१ जना बेपत्ता भएका छन्।