काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना भएको छ ।
आज बिहान काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।
दुर्घटनामा सवार पाँचै जनाको मृत्यु भएको छ । हेलिकप्टर के कति कारणले दुर्घटना भयो भन्ने खुलेको छैन ।