विराटनगर । विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ। आइतबार दिउँसो अस्पतालको आईसीयू कक्षमा विद्युत सर्ट भएर आगलागी भएको हो ।
आगलागीबाट भेन्टिलेटर ४ थान, एक्स रे मेसिन १ थान, मोनिटर १२ थान, ईसीजी मेसिन १ थान, ईभी मेसिर १ थान, एसी ३ थान, आईसीयू बेड १० थान जलेर नष्ट भएको छ ।
आइसियूमा बिरामी नभएकाले कुनै मानवीय क्षति भने हुन पाएन ।