हलमा लाग्नु अघि नै करोडौं कमायो श्रद्धा कपुरको ‘स्त्री-२’ ले

Facebook
Twitter
WhatsApp

काठमाडौं । मानिसमा हरर चलचित्रको क्रेज बढेको छ । केही समययता यस्तो फिल्म रिलिज हुँदा बक्स अफिसमा हलचल मच्चिन्छ ।

अब फेरि एक पटक बक्स अफिसमा राज गर्न फिल्म ‘स्त्री २’ रिलिज हुँदैछ । फ्यानहरु यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका थिए । अब यो प्रतिक्षाको अन्त्य हुँदैछ ।

चलचित्र आज राति ९ः३० बजे रिलिज हुनेछ । फर्स्ट डे फर्स्ट शो हेर्नको लागि मानिसहरु तयारीमा जुटेका छन् । स्त्री- २ को अग्रिम बुकिङ खुला भएको छ र यसको अग्रिम बुकिङ धमाधम भईरहेको छ । अग्रिम बुकिङमा यो फिल्मले खेल खेल्ने र वेदलाई पछि पारेको छ ।

एक दिन अगाडी स्त्री २ रिलिज गरेर निर्माताहरुले यसअघि खेल खेलमा र वेदालाई स्त्री २ सँगै १५ अगस्टमा रिलिज गर्ने तयारी गरेका थिए । यी दुवै ठूला स्टारका फिल्म हुन् तर दुवैको बजेट ‘स्त्री २’ भन्दा निकै कम छ ।

स्त्री-२ ले अग्रिम बुकिङ मार्फत करोडौं रुपैयाँ कमाएको छ । सकनिल्कको रिपोर्टका अनुसार ‘स्त्री- २’ ले पहिलो दिन अहिलेसम्म ११ करोड २३ लाख रुपैयाँ कमाएको छ । फिल्मको ९७१४ शोका लागि ३७७३८० टिकट बिक्री भएको छ । साँझसम्म यो संख्या अझै बढ्न सक्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top