काठमाडौं । हिजो भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु भएका व्यक्तिको वास्तविक पहिचान खुलेको छ ।
उनको परिवारले सनाखत गरेसँगै उनको वास्तविक पहिचान खुलेको हो । यसअघि दुर्घटनामा मृत्यु हुनेमा २३ वर्षीया युवती भएको बताइएको थियो । तर युवती प्रहरीको उपस्थित भएर आफू दुर्घटनामा नपरेको बताएपछि प्रहरीले थप अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा मृत्यु हुनेमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको खुलेको हो ।