काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेटमा दरखास्त आह्वान गरेको छ ।
२८० अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको हो ।
योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाईट www.nepalarmy.mil.np बाट अनलाइन दरखास्त फाराम भर्न सक्ने जनाएको छ ।
आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
