काठमाडौं । काठमाडौंको टुंडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेताहरूविरूद्व नाराबाजी भएको छ ।
गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा उपस्थित प्रधानमन्त्री ओली, काँग्रेस सभापति शेरबहादुर देउवा लगायतविरूद्व युवाहरूले नारावाजी गरेका हुन् । मुर्दावादको नारा लागेपछि कार्यक्रममा सहभागी काँग्रेस सभापति शेरबहादुर देउवा रिसाएका थिए ।
नारावाजीपछि देउवाले भने, ‘तपाईंहरूले जति गरे पनि बोल्नेवाला छु म। जति गरेपनि गर्नुस्। जति कराए पनि कराउनुस्। जति कराउनुपर्ने छ कराउनुस् । ‘लाज पनि छैन, अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू ! अर्काको कार्यक्रम बिथोल्नेरु लाज ? यही हो तपाईंहरूको संस्कृतिरु यही हो तपाईंहरूको चलन ?यही कुरा सिकेर आएको हो ? बदमासहरू !,’।