सञ्चारमन्त्रीको अभिव्यक्तिप्रति सांसद खतिवडाको आपत्ति, संसदमा जवाफ दिन माग

Facebook
Twitter
WhatsApp

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल प्रहरीका ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ भनी सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले मन्त्रीहरुले बोल्दा जिब्रोमा ब्रेक लगाउन आवश्यक रहेको बताउदै सञ्चारमन्त्री गुरुङको अभिव्यक्तिबारे संसद्लाई जवाफ दिन माग गरे ।

उनले भने, ‘सञ्चारमन्त्रीज्यूले केही दिन पहिला नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ । यो अभिव्यक्ति आपत्तिजनक छ । मन्त्रीहरुलाई म अनुरोध गर्न चाहन्छु– जिब्रोमा ब्रेक लगाइयोस् । अन्त कहाँ–कहाँ ब्रेक लगाउनुपर्ने हो रु लाग्दैगर्ला तर मन्त्रीहरुले जिब्रोमा ब्रेक लगाएर बोलियोस् । यसको जवाफ संसद्मा दिइयोस् ।’

गत शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रहरी समायोजन सम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति विवादमा परेपछि मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा शब्द चयनमा ध्यान दिन सचेत गराएका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top