पालिका अध्यक्ष अधिकारीको पहलमा तारूकामा झण्डै २५ बर्षपछि लाखेनाच पुनः सुरू

Facebook
Twitter
WhatsApp

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका तारूकामा लाखेनाच पुन सुरू भएको छ । झण्डै २५ वर्षदेखि रोकिएको हरितालिका तीजको शानको रूपमा रहेको लाखे जात्रा वडा नम्बर २ सातदोबाटोमा पुनः सुरू गरिएको हो ।

आज गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलद्वारा लाखे नाचको शुभारम्भ भएको हो। अध्यक्ष अधिकारीकै अग्रसरतामा लाखेनाजको पुर्नउत्थान गरिएको हो । संस्कृति झल्काउने कामको पुर्नउत्थानसँगै स्थानीय हर्षित भएका छन्।

पहिलो उक्त स्थानमा ठूलो जात्रा लाग्ने गरेको स्थानीयले बताएका छन् । मेला भर्न छिमेकी जिल्ला धादिङ, रसुवा, काठमाडौंबाट मानिसहरू तारूका पुग्ने चलन थियो । युवाहरु बिदेशिने क्रम बढेसँगै यो मेला हराएको थियो ।

तीजको दिन ब्रत बसेका महिलाहरु त्रिशुली नदीमा स्नान गरी तारुकाघाटमा रहेको महादेबको मन्दिर दर्शन गर्दै फर्केर जाने क्रममा सातदोबाटोमा लाखे नचाउने मेला लाग्ने चलन रहि आएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top