सी चेक सकेर इटालीबाट फर्कियो नेपाल एअरलाइन्सको वाइडबडी जहाज

Facebook
Twitter
WhatsApp

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज दुई महिनापछि स्वदेश फर्किएको छ । वाइडबडी ३३० जहाज सी चेक सम्पन्न गरेर २ महिनापछि इटालीबाट स्वदेश फर्किएको हो।

निगमको वाइडबडी जहाज नियमित सी चेक मर्मत सम्पन्न गरेर बिहीबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। यो विमान फर्किएसँगै निगमले लामो दुरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा तीन वटा जहाजले सेवा दिन निगमले जनाएको छ।

सी चेक अर्थात् कम्प्रिहेन्सिभ इन्स्पेक्सन भनेको जहाजको नियमित मर्मत हो। यस्तो मर्मत हरेक १८ देखि २४ महिनामा गरिन्छ। यसअन्तर्गत जहाजको प्रणाली, संरचना र सामग्रीहरूको विस्तृत परीक्षण गरिन्छ। विमानको बाहिरी संरचनादेखि फ्लाइट कन्ट्रोल, इन्जिन, ल्यान्डिङ गियर, इलेक्ट्रिकल सिस्टमसम्म परीक्षण गरिन्छ।

विमानको यसरी गरिने परीक्षण ए चेक, बी चेक, सी चेक र डी चेक गरी चार प्रकारको हुन्छ। ए र बी चेक सामान्य खालको हुन्छ भने सी र डी चेकमा विमानको विस्तृत परीक्षण गरिन्छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top