सन्दीपलाई अमेरिकाले दियो भिसा

Facebook
Twitter
WhatsApp

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।

यसअघि सन्दीपलाई भिसा नदिएको अमेरिकाले यो पटक भने दिएको हो । आइसीसी विश्वकप लिग २ खेल्नका लागि सन्दीप लगायत खेलाडीहरुलाई अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो । नेपाली टोली उक्त त्रिकोणात्मक सिरिजका लागि मंगलबार राति क्यानाडा उडिसकेको छ । सन्दीप पनि टिमसँगै छन् । क्यानडामा लिग-२ खेलेपछि नेपाली टिम अमेरिका जाने तालीका छ ।

नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानाडासँग र सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने छ । दुवै देशसँग नेपालले त्रिकोणात्मक टि-२० सिरिज पनि खेल्ने छ । क्यानाडासँग सेप्टेम्बर २८ र अक्टोबर १ मा तथा ओमानसँग सेप्टेम्बर २९ र अक्टोबर २ तारिखमा नेपालले टि २० म्याच खेल्नेछ ।

क्यानाडापश्चात अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । त्यहाँ नेपाल अमेरिका र स्कटल्यान्डले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top