संसदमा अनावश्यक विषय उठ्दा जनतामा निराशा बढ्दै : सांसद अर्याल

Facebook
Twitter
WhatsApp

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले संसदमा राम्रा सिनहरु देखाउन नसकेकाले सभा अपमानित भैइरहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले राम्रा विषयहरु संसदमा नउठ्दा जनताहरु निराश हुँदै गइरहेको बताएका हुन् ।

उनले भने, ‘नयाँ दल आएपछि संसदको बैठक देश विदेशबाट लाइभ हेर्नेको संख्या बढेको छ, दुर्भाग्य हामीले त्यस्तो राम्रा सिनहरु देखाउन नै पाइरहेका छैनौं, यसले गर्दा प्रतिनिधिसभाको अपमान भैइरहेको छ, जनताहरु निराश हुँदै गैइरहेको अवस्था छ, केही समय अघि बिना कुनै प्रमाण संसदीय छानविन विशेष समितिको माग गर्नुभयो, हामी अपमानित भएरै पनि बचतकर्ताको बचत फिर्तामा केही सहयोग हुन्छ भने बनाउनुहोस् भनेर बनाउन दियौं, आशा गरौं समितिले कसैको दबाव र कसैलाई फेबर नगरि रिर्पोट बुझाउने छ,तर हिजोदेखि फेरी हाम्रै विरुद्धमा मिडिया ट्रायल सुरु भएको छ, सदनमा भएका सांसदहरुलाई केही थाहा छैन, सम्बन्धित निकायलाई केही थाहा छैन, तर सबै सूचनाहरु यही हो भनेर मिडियालाई कसरी थाहा हुन्छ ? यो कुराप्रति ध्यानाकर्षण गराउन चाहन्छु ।’

साथै, उनले अहिले त यत्रतत्र प्रमाणै प्रमाण छताछुल्ल भएको धारणा राख्नुभयो । उनले हामीसँग प्रमाण छ भनेर उफ्रीने सांसदहरु पनि सहकारीको पैसा अपचलनमा परेको बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top