काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिनिधिसभाले आफ्नो वेबसाइट मार्फत् प्रतिवेदन सार्वजनिक गरेको हो।
समितिको उक्त प्रतिवेदन यसअघि नै सरकारलाई पठाइसकिएको छ। प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरिसकेको छ।